मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २२ आइतबार ०८:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षको उमेरमा निधन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २२ आइतबार ०८:५४:००

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । निमोनियाका कारण ९५ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

लामो समयदेखि श्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । पछिल्लो समय उनी नागरिक समाजको अगुवाको साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनका दुई छोरा र दुई छोरी छन् ।