मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाले सरकार नछाड्ने प्रधानमन्त्रीको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १७:५७:oo

प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने वा निरन्तरता दिने भन्नेबारे निर्णायक छलफलमा छ। 

मन्त्रालय बाँडफाँटको क्रममा आफूहरूले पाएको गृह मन्त्रालयमा पुनः पार्टी सभापति रवि लामिछानेलाई पठाउने चाहनामा प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुन नसकेपछि रास्वपा निर्णायक छलफलमा जुटेको हो। 

रास्वपाको बैठक चलिरहेका वेला प्रधानमन्त्री प्रचण्डले भने रास्वपाले आफूलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका छन्। 

पार्टी स्थायी समितिको बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग यस्तो विश्वास व्यक्त गरेका हुन्। 

‘पार्टीहरूका आ-आफ्ना बैठक र छलफल हुन्छन्। मलाई विश्वास छ, उहाँहरू सरकारबाट फिर्ता हुनुहुन्न,’ माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सञ्चारकर्मीहरूसँग भने।