मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी स्थायी कमिटी बैठक पुनः स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १७:३३:००

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। बैठकका लागि अध्यक्ष प्रचण्डसहित स्थायी कमिटी सदस्यहरू पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पुगेपछि बैठक स्थगित भएको हो।

याेसहित तेस्राेपटक बैठक सारिएकाे हाे। यसअघि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ।

त्यसअघि बुधबार बोलाइएको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो। बैठक अब भोलि दिउँसो ३ बजे बस्ने सचिव गणेश शाहले जानकारी दिए।