मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य अहिलेसम्मकै उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार ११:५४:oo

सुनकाे मूल्य अहिलेसम्मकै महँगो भएकाे छ। आज सुनको मूल्य तोलाकाे एक लाख सात हजार पाँच सय रुपैयाँमा पुगेको छ। 

हिजो तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियो। हिजोको मूल्यभन्दा आज तोलामा एक हजार दुई सय रुपैयाँले बढी भएकाे हो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन। सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा मूल्य बढेको महासंघको भनाइ छ।

यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।