नेविसंघले लगायो कांग्रेस पार्टी कार्यालयमा ताला

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता–कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। बुधबार दिउँसो कांग्रेस पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन्। 

नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर उनीहरूले विरोध गर्दै तालाबन्दी गरेका छन्। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधानविपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष नियुक्त गरेको विरोधमा सांकेतिक रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए।

‘अहिले हामीले पार्टी कार्यालयमा पार्टीका नेता र संगठनका नेतालाई सचेत गराउन तालाबन्दी गरेका छौँ,’ उनले भने, ‘निर्णय नसच्याए फेरि आन्दोलन गर्छौँ।’ 
उनीहरूले पार्टी कार्यालयमा तालाबन्दी गर्दै टायर जलाएर विरोध प्रदर्शनसमेत गरेका थिए। 

सुझावित समाचार