१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १३:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तालढुंगा आधारभूत अस्पताल निर्माण सम्पन्न अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:३५:oo

देशैभरिका स्थानीय तहमा १० देखि १५ शय्याको अस्पताल भवन निर्माण गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ मंसिर १५ गते अस्पताल भवन शिलान्यास गरेका थिए । सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को नीतिअनुरूप काभ्रेको पाँच स्थानीय तहमा पनि अस्पताल भवन निर्माण हुने भएको थियो ।

शिलान्यास गरिएकामध्ये जिल्लाको महाभारत गाउँपालिका, रोसी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकामा अस्पताल भवन निर्माण भइसकेको छ । मण्डनदेउपुरले त सञ्चालनमा नै ल्याइसकेको छ । तर, खानीखोला गाउँपालिकामा भने अहिलेसम्म अस्पतालको भवन निर्माण अनिश्चित छ ।

गाउँपालिकाको वडा नं. ५ स्थित तालढुंगा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० शय्याको अस्पताल बनाउने भनिए पनि भवन निर्माणकार्य रोकिएको छ । ०७८ असार २९ गते तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले ठेक्का पारेर निर्माण गरिरहेको अस्पताल भवनको निर्माण सम्पन्न हुने मिति अनिश्चित भएको हो । ०७९ असार मसान्तसम्ममा अस्पतालको भवन निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कहिले जग्गादाता त कहिले ठेक्का सम्झौतामा त्रुटिका कारण बजेट निकासा नहुँदा निर्माणकार्य रोकिएको हो ।

सम्झौताअनुसार निर्माण सम्पन्न गर्न नसकेपछि पुनः एक वर्षको म्याद थप भए पनि अझै निर्माण सम्पन्न हुने छाँटकाँट छैन । १६ करोड ६४ लाखमा टेन्डर आह्वान गरेकोमा करिब १२ करोडमा सम्झौता भएको अस्पताल भवनको निर्माण कम्पनीले साढे दुई करोड निकासा गरिसकेको छ । निर्माण कम्पनीले लगभग साढे २ करोड भुक्तानी लिन बाँकी छ । तर, बागमती प्रदेश सरकारबाट बजेट निकासा नहुँदा भवन निर्माणको काम रोकिएर अलपत्र परेको हो ।

ठेक्का सम्झौतामा त्रुटि
ठेक्का सम्झौता गर्दा गाउँपालिकाको आफ्नौ स्रोत नहुँदा बहुवर्षीय ठेक्का सम्झौता गर्नुपर्ने थियो । तर, उक्त अस्पताल भवनलगायत भौतिक संरचना निर्माणका लागि ठेक्का सम्झौता गर्दा बहुवर्षीय सम्झौता नगरेका कारण अहिले निर्माणको काम रोकिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले बतााए ।

‘तत्कालीन अवस्थामा ठेक्का सम्झौता गर्दा प्रदेश सरकारसँग बहुवर्षीय स्वीकृत गरेर सम्झौता गर्नुपर्थ्याे, तर त्यसवेला गर्नुभएन छ । त्यसकारण अस्पताल भवन निर्माणको काम रोकिएको हो,’ गाउँपालिकाका अध्यक्ष थिङले भने, ‘बहुवर्षीय स्वीकृत नगर्दा बागमती प्रदेश सरकारले आफ्नो दायित्वमा नराख्ने रहेछ ।’ ठेक्का सम्झौता गर्ने समयमा गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा रुकमणि गुरुङ राना थिए ।

सरासर काम भएको भए अहिलेसम्ममा काम सम्पन्न भइसक्ने थिङले बताए । बजेट निकासा नहुँदा काम रोकिएको उनको भनाइ छ । काम सञ्चालन गर्न पालिकाको तर्फबाट बागमती प्रदेशमा धेरैपटक धाएको, तर स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई र अर्थले स्वास्थ्य मन्त्रालयलाई देखाउँदा काम रोकिएको थिङले बताए ।

‘तत्कालीन जनप्रतिनिधिले ठेक्का सम्झौता गर्दा कि आफ्नै स्रोत छ भनेर गर्नुपर्थ्याे, कि त प्रदेश सरकारसँग बहुवर्षीय स्वीकृत गरेर गर्नुपर्थ्याे,’ उनले भने, ‘त्यसो नगर्दा बजेट रोकियो र काम रोकिएको अवस्था हो ।’ हालसम्म पाँच करोड रुपैयाँको काम भए पनि ठेकेदार कम्पनीलाई साढे दुई करोड मात्र भुक्तानी नभएको गाउँपालिका अध्यक्ष थिङले बताए ।

ad
ad