१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १५ आइतबार ११:१३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्तो खानपानले बनाउँछ  बच्चाको हड्डी मजबुत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १५ आइतबार ११:१३:००

क्याल्सियमले बच्चाहरूको हड्डी मजबुत बनाउने काम गर्छ । बाल्यकालमा पर्याप्त क्याल्सियम प्राप्त भएमा भविष्यमा हड्डीसँग जोडिएका समस्या कम देखिन्छन् । रिकेट्स नामक रोगबाट जोगिन पनि पर्याप्त क्याल्सियम आवश्यक हुन्छ । यो रोगले बच्चाको हड्डी कमजोर बनाउँछ र हड्डीको विकास रोकिन्छ । जसकारण, बच्चामा मांसपेशी दुखाइ पनि हुन्छ । क्याल्सियमको कमी हुँदा छाला सुक्खा हुने, कपाल रुखो देखिने, खुट्टा वा हातका औँला झमझमाउने, दाँत कमजोर हुनेलगायत समस्या देखिन सक्छ ।

बच्चाको शरीरमा क्याल्सियमको स्तर जाँच्नका लागि रगत परीक्षण गरिन्छ । यदि, क्याल्सियमको कमी छ भने डाक्टरसँग परामर्श गरेर सप्लिमेन्ट सेवन गर्न सकिन्छ । डाक्टरले हाई क्याल्सियमयुक्त खाना खान सल्लाह दिन्छन् । बिहानको घाममा भिटामिन डी मिल्छ । त्यसैले बच्चालाई बिहानको घाममा केही समय राख्नुपर्छ । दूध, दही, पनिर, बदाम, सेतो तिल, सागसब्जी, सुन्तला, ब्ल्याकबेरीलगायतमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । 

कति मात्रा आवश्यक ?
हड्डी वा दाँतलाई मजबुत बनाउन बच्चालाई अत्यधिक क्याल्सियम आवश्यक पर्छ । एकदेखि तीन वर्षका बच्चाका लागि एक दिनमा झन्डै सात सय मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । त्यस्तै, चारदेखि आठ वर्षका बच्चाका लागि एक हजार मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यस्तै, नौ वर्षभन्दा धेरै उमेरका बच्चाका लागि १३ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यही कारण बच्चालाई पर्याप्त मात्रामा क्याल्सियमयुक्त खानेकुरा खुवाउनुपर्छ ।