मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मनोचिकित्सक प्राडा रवि शाक्य
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १३ शुक्रबार ०९:३९:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

मनोचिकित्सक प्राडा रवि शाक्यलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १३ शुक्रबार ०९:३९:००

साढे पाँच वर्षको अवधिमा ३४ हजार नेपालीले आत्महत्या गरेको तथ्यांकले के संकेत गर्छ ? 
यो तथ्यांक प्रहरीमा पुगेका घटनाको मात्र हो । सामान्यतः आत्महत्याको विषयलाई लुकाइन्छ र प्रहरीसम्म लान आनाकानी गरिन्छ । त्यसैले, यो संख्या अझै बढी हुन सक्छ । प्रत्येक वर्ष विश्वभर आठदेखि १० लाखले आत्महत्या गर्छन् । यो कुनै युद्ध, आतंकवादी गतिविधि या प्राकृतिक विपत्तिबाट हुने मृत्युभन्दा निकै उच्च हो । यो तथ्यांकले हाम्रो देशमा मानसिक स्वास्थ्यको समस्या डढेलोझैँ फैलिइसकेको छ भन्ने संकेत गर्छ । 

व्यक्ति आत्महत्या या आत्मदाहको अवस्थासम्म कसरी पुग्छ ?
नेपालमा मानसिक स्वास्थ्यको समस्या निकै बढेको छ । तर, यसलाई अन्य रोगलाई जस्तो सामान्य रूपमा लिइन्न । यसबारे चर्चा गर्नुको साटो लुकाइन्छ । जसले समस्या गम्भीर बन्दै जान्छ र व्यक्तिले आत्महत्याको बाटो रोज्न पुग्छ । 

यस्तो अवस्थामा कसरी सुधार  ल्याउन सकिएला ?
सबैले टिबी, कुष्ठरोग या एड्सजस्तै मानसिक स्वास्थ्य समस्याबारे पनि खुलेर छलफल गर्नुपर्छ । घरघरमा यस्तो समस्या हुन सक्छ भनेर सबैले स्विकार्नुपर्छ । आत्महत्या गर्नेले कोही न कोहीसँग संकेत गरेको हुन सक्छ । मृत्युको तरिकाबारे सोधखोज गर्ने, मरिसकेपछि यसो गर्नू, त्यसो गर्नू भनेर अह्राउने, निराशाजनक विचार व्यक्त गर्ने जस्ता व्यक्तिले आत्महत्या गर्न सक्छ । समयमै यस्ता संकेत बुझेर विज्ञसित परामर्श गर्न सकियो भने व्यक्तिको सम्भावित आत्महत्या रोक्न सकिन्छ ।