१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मेलबर्न
२o८१ बैशाख १८ मंगलबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जोकोभिक उपाधितर्फ अग्रसर

Read Time : < 1 मिनेट
मेलबर्न
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१२:oo

सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिक वर्षको पहिलो ग्रान्डस्लाम अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नवौँपटकको विजेता जोकोभिकले बुधबार रुसका एन्ड्री रुब्लेभलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेका हुन् । ३५ वर्षीय जोकोभिकले मेलर्बनस्थित रोड लेभर एरिना कोर्टमा ६–१, ६–२ र ६–४ ले जित निकाल्न सफल भए । 

अब जोकोभिकले सेमिफाइनलमा शुक्रबार अमेरिकाका टोमी पाउलको सामना गर्नेछन् । पाउलले अमेरिकाकै बेन सिलटनलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका थिए । जोकोभिकले अन्तिम आठमा घरेलु खेलाडी एलेक्स डी मिनाउरलाई ६–२, ६–१ र ६–२ ले पराजित गरे । 

पूर्व विश्व नम्बर एक खेलाडी जोकोभिक ठूलो प्रतियोगितामा यस वर्ष पहिलोपटक क्वार्टरफाइनलमा पुगेका हुन् । उनी कीर्तिमानी रूपमा २२औँ ग्रान्डस्लाम उपाधि जित्ने योजनामा छन् । पुरुषतर्फको ग्रान्डस्लाम च्याम्पियनसिपमा स्पेनिस खेलाडी राफेल नाडालले सर्वाधिक २२ पटक जितेका छन् । चालू अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट नाडाल बाहिरिएका थिए । चोटका कारण नाडालले अस्ट्रेलियन ओपनमा राम्रो गर्न सकेनन् । 

नाडाल बाहिरिएपछि जोकोभिकलाई उपाधिको प्रमुख दाबेदार खेलाडीका रूपमा लिइएको छ । जोकोभिकले सेमिफाइनलमा पुगेपछि थप राम्रो खेल्न सक्ने बताएका छन् । ‘म अझै राम्रो गर्न चाहन्छु । त्यसका लागि मैले अझै मिहिनेत गर्नुपर्छ । साथै, मलाई रिकभरी चाहिएको छ,’ जोकोभिकले सेमिफाइनल पुगेपछि भनेका छन् । 

यसैगरी, महिलातर्फ बेलारुसकी आर्यना सावालेन्काले सेमिफाइनलमा स्थान बनाएकी छिन् । सावालेन्काले क्रोएसियन खेलाडी डोना भेकिचलाई २–० को सोझो सेटमा पराजित गरेकी हुन् । मेलबर्नस्थित रोड लेभरमा भएको क्वार्टरफाइनलमा सावालेन्काले ६–३ र ६–२ ले जित निकालिन् । सावालेन्काले सेमिफाइनलमा पोल्यान्डकी मेग्डा लिनेटको सामना गर्नेछिन् । लिनेटले चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६–३ र ७–५ को सेटमा हराइन् । 

ad
ad