१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ९ सोमबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वित्तीय साक्षरताका लागि रावा बैंकको प्रभातफेरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार ११:३६:oo

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयमा प्रभातफेरी कार्यक्रम गरेको छ । बैंकको ५८औँ स्थापना दिवस पारेर ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सर्वसाधारणप्रति बैंकिङ सचेतना गर्ने उद्देश्यले समाजप्रतिको उत्तरदायित्व वहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए । बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरूमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एक हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको जनाइएको छ । 

काठमाडौंमा भएको कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा, ब्यानरसहित सुरु गरिएको उक्त प्रभातफेरीको र्‍याली बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई भद्रकाली, सहिद गेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्मकन्या कलेज, पुतलीसडक, पद्मोदय मोड, राष्ट्रिय सभागृह र पुनः भद्रकाली हँुदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।

 वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरूको सरसफाइ, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भइरहेको जनाइएको छ । बैंकले ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ शाखा, ५१ एक्सटेन्सन काउन्टर, दुई सय ६८ एटिएम र एक सय दुई शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।