
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत चेन सोंगबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटबारे राजदूत सोंगले शनिबार ट्विटरमार्फत् जानकारी दिएका छन् ।
भेटमा दुई देश तथा पार्टीबीचको आपसी सम्बन्धका बारेमा छलफल भएको राजदूत सोंगले उल्लेख गरेका छन् । ‘जनवरी २० तारिख, मैले नेपाली काँग्रसका अध्यक्ष सम्माननीय शेरबहादुर देउवासँग भेटघाट गरेको छु । हामीले दुई देश तथा दुई पार्टीबीचका सम्बन्धका बारेमा गहिरो विचार आदानप्रदान गरेका छौँ,’ उनले लेखेका छन् ।