मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
२०७९ माघ ६ शुक्रबार १६:२४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जापानको मुद्रास्फीति दर ४१ वर्षयताकै उच्च

Read Time : < 1 मिनेट
२०७९ माघ ६ शुक्रबार १६:२४:००

जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च विन्दुमा पुगेको छ।बढ्दो बजारमूल्यले जापानीको जीवनयापनको लागत पनि बढाएको छ। 

उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ। जीवनयापनको बढ्दो लागत कम गर्न ब्याजदर बढाउन केन्द्रीय बैंकलाई  दबाब परेको छ। 

खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याजदर नबढाउने घोषणा गरेर बैंक अफ जापानले लगानीकर्तालाई चकित पारेको छ।

केही समयदेखि उपभोक्ता मूल्यभन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ। शुक्रबार जारी गरिएको आधिकारिक तथ्यांकअनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ। 

बजारमूल्य लगातार नवौँ महिनामा बढेको छ जुन केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ। मूल्य वृद्धिपछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन।