१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
हिमपातपछि हुम्ला सदरमुकाम सिमकोट । तस्बिर सौजन्य : अविनाश लामा
२०७९ माघ ६ शुक्रबार १३:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिउँले सिँगारियो हुम्ला, किसान हर्षित [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७९ माघ ६ शुक्रबार १३:३१:००

हुम्लामा हिमपात भएको छ । गएराति ४ बजेदेखि हिमपात भएपछि किसानहरू खुसी भएका छन् । मध्यमाघ हुनै लाग्दासमेत हिउँ नपरेपछि हुम्ली किसानहरू चिन्तित बनेका थिए ।

गएरातिदेखि हिमपात भएसँगै उनीहरूको मुहारमै खुसी छाएको छ । समयमा हिमपात नभए कृषि बालीमा सुक्खा लाग्छ र उब्जनी घट्छ । वरिपरिका उराठलाग्दो हिमाल हेर्दै चिन्तित हुने नाम्खा गाउँपालिका– ३ की ८५ वर्षीया छिरिङ कुन्डोल तामाङ पनि हिमपात भएपछि खुसी देखिएकी छिन् ।

‘पहिलेपहिले समयमा हिउँ पर्थ्याे ।  बर्खेबाली पनि राम्रो हुन्थ्यो । हिउँदे बाली उवा, जौ र गहुँ झनै राम्रो हुने भइहाल्यो,’ उनले भनिन् । तर, समयमा हिमपात हुन छाडेपछि पछिल्लो समय किसानले हिउँदे बाली लगाउन छाडेका नाम्खा– ३ कै ७५ वर्षीया मलम लामाले बताइन् ।

हिउँ नपर्दा चौँरी र याक पाल्न गाह्रो हुने किसानहरू बताउँछन् । समयमा हिमपात नभए गर्मीका कारण रोग लागेर चौँरी र याकसमेत मर्छन् । ‘बर्खामा घाँस पनि राम्रो हुँदैन । समयमा हिउँ नपर्नु भनेको हिमालमा जीवन जिउनै कठिन हुँदै जानु हो,’ लामाले दुःखेसो गरिन् । हिउँ परेपछि किसान त खुसी छन् नै, हिउँमा रमाउनेहरू पनि उत्साहित छन् ।