Skip This
नवीनको ‘पानी मीठो कुवाको नानी’ बजारमा [भिडियाेसहित]
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार १८:११:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नवीनको ‘पानी मीठो कुवाको नानी’ बजारमा [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १८:११:oo

गायक नवीन कार्कीले ‘पानी मीठो कुवाको नानी’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन्। भिडियोमा स्वर कार्की स्वयं र मिलन नेवारको छ। 

भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठको अभियन देख्न सकिन्छ। रिमेशकुमार थापाले संगीत भरेको भिडियाेका गीतकार भोला पौडेल हुन्। गीत र भिडियोको एरेन्ज र मिक्सिंग पनि पौडेलले नै गरेका हुन्। भिडियोको निर्देशन भने  सन्तोष राजबाहकले गरेका छन्। उत्सव दाहालले खिचेको भिडियो केही दिनअघि वोएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। 

यसभन्दा अघि कार्कीले ‘सागरले मोती पायो’ नामको म्युजिक भिडियो बजारमा ल्याएका थिए। युट्युबमा राम्रो भ्युज बटुलेको उक्त भिडियोमा पनि कार्कीले नै स्वर दिएका थिए। 

दुई दशकभन्दा धेरै समयदेखि गायन क्षेत्रमा सक्रिय उनका ‘लाउ माया चुनेर’, ‘कुवाको पानी उघाई खाएँ’, ‘जलुकी पातैमा’, ’महलमा राज होला तिम्रो’, ‘मान्छे होस् इमानदारलगायत गीत लोकप्रिय छन्।