Skip This
लगानीको वातावरण बनाउन अर्थमन्त्री पौडेललाई गैरआवासीय नेपालीको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Friday, 26 July, 2024
२o७९ माघ ४ बुधबार o८:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीको वातावरण बनाउन अर्थमन्त्री पौडेललाई गैरआवासीय नेपालीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार o८:३३:oo

गैरआवासीय नेपालीले नेपालमा लगानी गर्ने वातावरण बनाउन अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका छन् । मंगलबार मन्त्री पौडेल र संघका पदाधिकारीबीच भएको भेटमा संघका पदाधिकारीले यस्तो आग्रह गरेका हुन् ।भेटमा गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले संघले गर्दै आएका लोककल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीको लगानीलगायतका विषयमा अर्थमन्त्री पौडेललाई जानकारी गराइन् ।

त्यस्तै, विदेशमा रहेका नेपालीलाई विनाकुनै उल्झन नेपालमा लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्रीसमक्ष अनुरोध गरिन् । यस्तै, संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरूको लगानी अभिवृद्धि गर्न नेपाली नागरिकसरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्नसमेत उनले आग्रह गरे । 

यस्तै, अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष आचार्यले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई अघि बढाउन देखा परेका कानुनी र व्यावहारिक कठिनाइ समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट अर्थमन्त्रीसमक्ष आग्रह गरे । 

छलफलपछि अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईंहरूका माग वा समस्या जे–जति पनि छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ । तर, त्यसका लागि एउटै टेबलमा बसेर संवाद हुनु जरुरी छ । सबै मन्त्रालयका प्रतिनिधिसहित तपाईंहरूका प्रतिनिधिलाई पनि एकै ठाउँमा राखेर छलफल गरौँ र समस्या समाधानका लागि पहल गरौँ,’ उनले भने ।