मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १ आइतबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलिको सार्वजनिक बिदामा त्रिविको परीक्षा नरोकिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १ आइतबार १९:४०:००

नेपाल सरकारले २ माघमा सार्वजनिक शोक बिदाको निर्णय गरेको छ। तर, सार्वजनिक बिदा भए पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा भने नरोकिने भएको छ। 

त्रिविले सूचना जारी गर्दै बिदा नहुने र परीक्षा यथावत सञ्चालन हुने जानकारी गराएको छ। 

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शोक बिदा दिने निर्णय गरेको हो। दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्ताे निर्णय गरेकाे हाे। विमान दुर्घटनामा चालक दलका चारजनासहित ७२ जनाले ज्यान गुमाएका छन्।