Skip This
‘शिक्षाका लागि एक रुपैयाँ’ अभियानअन्तर्गत हिमानीले बाँडिन् शैक्षिक सामग्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष ३० शनिबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘शिक्षाका लागि एक रुपैयाँ’ अभियानअन्तर्गत हिमानीले बाँडिन् शैक्षिक सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १८:५७:oo

तत्कालीन राजा वीरेन्द्र शाहले २०१४ साल माघ १८ गते उद्घाटन गरेको धरान–१५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा पूर्वयुवराज्ञी हिमानी शाहले शैक्षिक सामग्री वितरण गरेकी छिन्।  

लायन्स क्लब अफ पञ्चकन्याले ‘शिक्षाका लागि एक रुपैयाँ’ अभियानअन्तर्गत शाहको उपस्थितिमा कक्षा ११ र १२ पढ्ने विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्र्थीहरूलाई छात्रवृत्तिसमेत वितरण गरिएको हो। 

क्लबकी अध्यक्ष एकता श्रेष्ठका अनुसार पूर्वराजा वीरेन्द्रले विद्यालय परिसरमा रोपेको रुद्राक्षको बोट बुढो भएपछि पूर्वयुवराज्ञी शाहले शुक्रबार सोही परिसरमा रुद्राक्षको बिरुवा रोपेकी छिन्। 

उनले सोही कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा अन्य विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको श्रेष्ठले जानकारी दिइन्।  

उनका अनुसार ६ हजार एक सय कपी पेन्सिल, २२ थान स्कुल ब्याग, एक सय थान सेतो छडी, ५७ थान सुन्ने मेसिन, ७५७ थान पानी राख्ने तुम्लेट,  २२ थान ब्लांकेट वितरण गरिएको छ। 
 
लाइन्स क्लबले चलाएको ‘शिक्षाका लागि एक रुपैयाँ’ अभियानअन्तर्गत क्लबले शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ।