मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार १०:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चैतको पहिलो साता नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार १०:३५:००

यस वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार मेला नवौँ संस्करणका रूपमा तीन वर्षपछि आयोजना गर्न लागेको हो । 

अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि बिहीबारबाट स्टल बुकिङ खुलासमेत गरिएको महासंघले जनाएको छ । यस वर्षको मेलाका लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बंगलादेशबाट र भुटानबाट सहभागिता रहनेछ । मेलामा नेपाली हस्तकलाका उत्पादन, नेपालमै बनेको उत्पानदन तथा एनटिआइएस प्रडक्ट प्रदर्शन गरिनेछ । यस वर्ष पहिलोपटक महासंघका एक सय २३ वटा सदस्य वस्तुुगत संघहरूका उत्पादन तथा सेवाको विशेष प्रदर्शनीसमेत हुनेछ । 

नेपाल सरकार–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको हो । 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा एनटिआइएसका उत्पादनहरूको प्रदर्शनीबाट नेपालको औद्योगिक व्यावसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएको छ ।

कुल तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्यान्ड, म्यानमारलगायतका देशहरूको सहभागिता रहनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका देशहरूबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिनेछन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइनेछ ।