मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २७ बुधबार २o:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

साना किसान विकास लघुवित्त पनि एनपिएसमा आबद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार २o:१o:oo

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौता-पत्रमा साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।  

उक्त सम्झौतापश्चात साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी नेसनल पेमेन्ट स्विचअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ।

यसअन्तर्गत साना किसान विकास लघुवित्तले एनसिएचएल–आइपिएस र आरपिएस, कनेक्ट आइपिएस प्रणालीहरूमार्फत आफ्ना बचत, निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछ।        

एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपिआईमा हाल ५८ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी-पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका ७४ गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट-प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।