मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १३ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १३ मंगलबार १०:५१:००

- यदि तपाईं रमाइलो गर्दै संगीतको तालमा उफ्रिएर तौल घटाउन चाहनुहुन्छ भने यसका लागि एरोबिक्स राम्रो माध्यम हुन सक्छ । यस अभ्यासका दौरान शरीरका मांसपेशीहरू अत्यधिक सक्रिय हुन्छन् । 

- जिम वा अन्य व्यायाममा जति धेरै इफोर्ट लागेजस्तो महसुस गरिन्छ, त्यति इफोर्ट लागेजस्तो महसुस तपाईंलाई एरोबिक्स गर्दा हुँदैन । अर्थात्, तपाईं रमाइलो गर्दै अभ्यास गर्नुहुन्छ । 

- शरीरमा रक्तसञ्चार बढाउँछ । श्वासप्रश्वासलाई तीव्र बनाउँछ र मस्तिष्कले आराम महसुस गर्छ । शरीर ऊर्जावान् हुन्छ । कोलेस्ट्रोल घटाउँछ र मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ  ।

- एरोबिक्स अभ्यासपछि मानिसमा राम्रो निद्रा पर्ने गरेको छ । किनकि, अभ्यासका दौरान शरीरबाट पर्याप्त पसिना बगेको हुन्छ ।

- समूहमा बसेर एरोबिक्स गर्दाको मज्जा बेग्लै छ । नयाँ साथी सर्कल बन्छ । मुड फ्रेस रहन्छ । तर, कोभिडपछि अनलाइनमार्फत एरोबिक्स सिक्नेको संख्या पनि ठूलो छ । कतिपयले युट्युबमा भिडियो हेरेर पनि एरोबिक्स गर्नुहुन्छ । 

- एरोबिक्सले ह्याप्पी हर्मोन रिलिज गर्छ । जुनसुकै उमेरका मानिसले पनि यो अभ्यास गर्न सक्छन् । तर, घुँडा वा शरीरका अन्य भागमा चोट लागेका मानिसलाई निको भएपछि मात्रै गर्नु राम्रो हुन्छ । किनकि, यो अभ्यासका दौरान उफ्रने र नाच्ने काम धेरै हुन्छ । 

- बच्चाहरूले पनि गर्न मिल्छ । स्ट्रेचिङले मोबिलिटी र फ्लेक्जिबिलिटी बढाउँछ । आजकल धेरै बच्चा मोबाइलमै झुम्मिएर बस्ने गरेकाले अभिभावकलाई हैरानी भएको हुन सक्छ ।

बच्चालाई खेल्न पठाउनका लागि पनि सहरमा पर्याप्त स्पेस हुँदैन । यस्तोमा बच्चालाई केही समयका लागि एरोबिक्स गर्न पठाइयो भने मोटोपन नियन्त्रण भएर जान्छ । वयस्क व्यक्तिले ३० देखि ६० मिनेटसम्म दैनिक एरोबिक्स गर्नु राम्रो हुन्छ । बच्चाले थोरै समय मात्रै गरे पनि पुग्छ । किनकि, बच्चाले उफ्रने र कुद्ने काम गरिरहेका हुन्छन् र त्यसबाटै उनीहरूको फिटनेस कायम भइरहेको हुन्छ ।