Skip This
कांग्रेसको समर्थनमा ओलीको आशंका– खाली खोलामा फालेको जालमा माछा पर्दैन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Wednesday, 12 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २६ मंगलबार १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको समर्थनमा ओलीको आशंका– खाली खोलामा फालेको जालमा माछा पर्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार १५:२९:oo

एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले कांग्रेसको सो निर्णयमा कुनै जालझेल हुन सक्ने बताए । कांग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उनले प्रस्ट्याए।

‘यदि यो समर्थनभित्र सदासयताबाहेक अरू कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ। ढोक्सा हो भने, जाल हो भने म भन्न चाहन्छु– माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल। केही यसभित्र भोलिका निम्ति अरू खालको कुराहरू सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ,’ उनले भने।

अध्यक्ष ओलीले संसद् विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्ष गरे। उनले निर्वाचन हुन्छ भने त्यस्तो खालको संसद् विघटन जायज हुने आफ्नो अडानसमेत दोहोर्‍याए।