पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको छ ।
विश्वासको मतमाथि भएको छलफलमा सहभागी हुँदै एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले गुणदोषको आधारमा समर्थन र विरोध गर्ने गरी हाललाई विश्वासको मत दिइने बताए ।
प्रधानमन्त्री प्रचण्डलाई अहिलेसम्म कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमतलगायतका दलले विश्वासको मत दिने बताइसकेका छन् ।