बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
जम्कट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७० प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। यस प्रदेशमा सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ।