Skip This
पब्जी विश्वकपमा नेपाल उपविजेता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार o७:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पब्जी विश्वकपमा नेपाल उपविजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार o७:३१:oo

नेपाली टोली पब्जी मोबाइल विश्वकप च्याम्पियनसिपमा उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डिआरएस टोली टर्कीको एसटुजीसँग पराजित भएको हो । फाइनल चरणमा एसटुजीले सर्वाधिक एक सय ९० अंक जोड्दै उपाधि हात पार्‍यो । नेपाली टोली डिआरएसले एक सय ५८ अंक हात पार्दै उपविजेता ट्रफी उचाल्यो ।

उपविजेता डिआरएसले तीन करोड ८६ लाख २९ हजार रुपैयाँ (२ लाख ९२ हजार डलर) पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३औँ स्थानमा आएको छ । यस टोलीले एक करोड ७५ लाख २८ हजार रुपैया (एक लाख ३२ हजार पाँच सय डलर) पुरस्कार पाएको छ ।

यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो । डिआरएसको टोलीमा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन् । टिमका सिइओ भिक्टर पौडेल हुन् । ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो ।