१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Wednesday, 26 June, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २४ आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नेसपाले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १६:o२:oo

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न वार्ता समिति बनाउने भएको छ। आइतबारदेखि सुरु भएको सो पार्टीको राजनीतिक समितिको बैठकले वार्ता समिति बनाउने तयारी गरेको हो।

बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न वार्ता समिति बनाउने बताए।

सो समितिलाई माओवादी केन्द्रलगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरणका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उनले स्पष्ट पारे।

ad
ad
ad
ad