
राप्रपा नेता तथा सांसद ध्रुवबहादुर प्रधानले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन्।संघीय संसद् भवनमा जारी सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेता प्रधानले यस्तो बताएका हुन्।
उनले भने, ‘राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ। क्षणिक रूपमा निर्णय लिनुहुन्न। यही गठबन्धनलाई विश्वासको मत दिएर अघि बढ्छौँ।’
प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको पहिलो बैठक यही २५ गते दिउँसो १ बस्दै छ। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने लिने कार्यतालिका छ।