१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी छाडेर स्वतन्त्रबाट सांसद जितेका दीपेन्द्र माओवादीमै फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३८:oo

लुम्बिनी प्रदेश सभा स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर माओवादीमा फर्किएका छन् । 

तत्कालीन पाँचदलीय गठबन्धनले टिकट बाँडफाँड गर्दा रोल्पा (२) मा कांग्रेसका अमरसिंह पुनले टिकट पाएपछि दीपेन्द्रकुमार माओवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

पार्टी छाड्नुअघि उनी माओवादीमा पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज थिए । पार्टीले पटकपटक निर्देशन दिँदा पनि उम्मेदवारी निष्क्रिय नपारेपछि माओवादीले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै उनले आत्मालोचना पत्र बुझाएपछि आज प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले खादा लगाई पार्टीमा स्वागत गरे ।

कारबाही फिर्ता गराई पुनः माओवादीमा फर्काउन माओवादी सचिव वर्षमान पुन अनन्तले विशेष भूमिका खेलेको माओवादी नेताहरूले बताएका छन् । 

उनले पत्रमा लेखेका छन्, ‘पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उम्मेदवार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निष्कासन गरेकाले म पुनः पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

ad
ad