दिनप्रतिदिन तापक्रम घट्दै छ । चिसो बढेर तराईमा शीतलहर र पहाडमा हिमपात हुने गर्छ । जसकारण बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी बढी जोखिममा पर्ने गर्दछन् । चिसोले रगत बाक्लो बनाउँछ । जाडोमा शरीर धेरै खुम्चने भएकाले रक्तनली साँघुरो हुन्छ र रक्तप्रवाहमा समस्या आउँछ । चिसोका कारण रक्तप्रवाहमा हुने समस्याले मुटुको रोग बढी निम्त्याउँछ ।
समस्या
चिसोका वेला हाम्रो पेटको आमाशयले पनि त्यति राम्ररी काम गर्न सक्दैन । खाएको खाना अपच हुने, ग्यास्ट्रिकको समस्या देखिने, बान्ता हुने, पातलो दिसा लाग्ने, टाउको रिंगाउने, नाकमा पातलो सिँगान बग्ने आदि हुन जान्छ । अन्य समयभन्दा यो समयमा भाइरलजन्य रोगले आक्रमण गर्ने सम्भावना रहन्छ । चिसोले मस्तिष्कमा पनि असर परिरहेको हुन्छ । अरू वेला सामान्य रूपमा हुन सक्ने हृदयाघात यो वेलामा मस्तिष्कघातमा परिणत हुन सक्ने जोखिमसमेत रहन्छ । शरीर चिलाउने र छालासम्बन्धी समस्या पनि देखिन सक्छन् । जाडोसँगै इन्फ्लुएन्जा, निमोनियाजस्ता रोग पनि देखा पर्छन् । साना बालबालिकामा निमोनिया देखा पर्दा वयस्क र वृद्धवृद्धामा ब्रोङ्काइटिस तथा दम देखा पर्ने गर्छ ।
कसरी बच्ने ?
जाडो समयमा चिसोबाट बच्नु निकै महŒवपूर्ण हुन्छ । यस्तो मौसममा हामीले शरीरलाई न्यानो राख्न जरुरी हुन्छ । त्यसका लागि न्यानो दिने कपडा लगाउनुपर्छ । पन्जा, मोजा लगाउनाले पनि हातखुट्टा न्यानो बनाउन महŒवपूर्ण भूमिका खेल्छ । लामो समयसम्म एउटै मोजा लगाउँदा गनाउने हुँदा मोजा फेर्नुपर्छ ।
घरमा बाहिरबाट चिसो आउने झ्याल–ढोका बन्द गर्नुपर्छ । तर, घर तातो बनाउने रहरमा सबै झ्याल–ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ । यसतर्फ पनि विचार गर्नुपर्छ ।
घाम ताप्ने
अन्य समयभन्दा चिसोको समयमा घाम कम लाग्ने हुन्छ । दिउँसोको समयमा एकैछिन घाम ताप्दा शरीर न्यानो हुन्छ । घाम लागेको समयमा कोठाहरू खोल्नाले कोठा पनि तातो हुन्छ ।
सक्रिय रहने
चिसो समयमा शरीरलाई सक्रिय राख्नुपर्छ । एकैठाउँमा मात्र बस्नुहँुदैन । एकैछिन हिँड्ने, हातखुट्टा चलाइरहने गर्नाले ऊर्जा आउँछ र शरीर न्यानो हुन्छ ।
स्वस्थ र तातो खानेकुरा खाने
जाडो मौसममा सकेसम्म तातो खानेकुरा खाँदा शरीरलाई फाइदा हुन्छ । स्वस्थकर खानाले शरीरमा ऊर्जा दिन्छ ।
यी कुरामा ध्यान दिऔँ