१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्न आयोगको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १६:१३:oo

निर्वाचन आयोगले आगामी माघ २५ गते राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई आयोगले परामर्श दिएको छ।

सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थाअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरी सो परामर्श दिएका हुन्।

भेटघाटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शंकरदास वैरागीको उपस्थिति रहेको थियो। सो भेटघाटमा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनलगायत समसामयिक विषयमा छलफल तथा परामर्श भएको थियो। रासस

ad
ad
ad
ad