मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १८ सोमबार १०:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको पहिलो बैठक आज बस्दै

Read Time : < 1 मिनेट
२०७९ पौष १८ सोमबार १०:०९:००

बागती प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्दै छ । आज दिउँसो १ बजे बागमती प्रदेश सभाको बैठक हेटौँडा– १० स्थित प्रदेश सभा कार्यलयमा बस्न लागेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आह्वान गरेका थिए । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

आज बस्ने अधिवेशनको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् । आजबाट अधिवेशन सुरु भएसँगै प्रदेश सभाका सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । 

संविधानको धारा १८२ अनुसार पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आजबाट सुरु हुने अधिवेशनको कार्यसूची तय गर्न अहिले बागमती प्रदेश सभा सचिवालयमा सर्वदलीय वैठक बसिरहेको छ  ।