१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १७ आइतबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

उड्डयन क्षेत्र लयमा फर्कंदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १o:१o:oo

कोभिड महामारीले धराशायी हुन पुगेको नेपालको उड्डयन क्षेत्र पुरानो लयमा फर्किने क्रममा रहेको पर्यटन सचिव सुरेश अधिकारीले बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)को २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले एयरपोर्टको संख्या बढेसँगै उडान संख्या र हवाई यात्रु पनि बढाउँदै लैजानुपर्ने बताएका हुन् । अहिले देशका विभिन्न ठाउँमा ५३ विमानस्थल निर्माण भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको संख्या नै तीन पुगिसकेको छ ।

क्यानले त्रिभुवन विमानस्थलको हवाई ट्राफिक व्यवस्थापन गरेर यात्रुको सहज उडानसँगै लागत पनि कम गरेको सचिव अधिकारीले बताए । त्रिभुवन विमानस्थलको यात्रु सेवा पनि पछिल्लो तीन–चार वर्षमा उल्लेख्य सुधार भएको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को पछिल्लो अनसाइट अडिटले पनि नेपालको उड्डयन क्षेत्र सुरक्षित देखाएको छ ।

सन् २०२२ को नोभेम्बरसम्म गत वर्षको सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय यात्रु संख्या १०२ प्रतिशत र आन्तरिक यात्रु ५८ प्रतिशतले बढेको उनको भनाइ छ । सन् २०२२ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २९ लाख ४५ हजारले अन्तर्राष्ट्रिय यात्रा र ५६ लाख ६९ हजार आन्तरिक हवाई यात्रा गरेका छन् । 

निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने सुझावसहितको प्रतिवेदन विज्ञटोलीले दिइसकेको बताउँदै महानिर्देशक प्रदीप अधिकारीले परामर्शदाताले पनि निजगढ विमानस्थलको गुरुयोजना तयार गरेर पेस गरिसकेको जानकारी गराए । निजगढमा ठूला कार्गो विमानहरू उडान–अवतरण गर्न सक्ने ४५ सय मिटर लम्बाइको धावनमार्ग बनाउन प्रस्ताव गरिएको छ । 

महानिर्देशक अधिकारीले त्रिभुवन विमानस्थलको विस्तारबाट एयर ट्राफिक व्यवस्थापन क्षमता करिब १५ प्रतिशतले बढ्न सक्ने अपेक्षा व्यक्त गरे । त्रिभुवन विमानस्थलमा हुँदै आएको रात्रिकालीन बिसान चाप न्यूनीकरण गर्न आन्तरिक विमानस्थलहरूमा वायुयानको बिसान गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, त्रिभुवन विमानस्थलको अधिक उडान चापका कारण नियमित हुने गरेको फ्लाइट डिले, डाइभर्सन तथा क्यान्सिलेसनलाई न्यूनीकरण गरी हवाई यात्रुले भोग्दै आएको समस्या निराकरण गर्न विमानस्थलमा हाल प्रतिघन्टा विमानस्थलको क्षमताका आधारमा वैज्ञानिक स्लट व्यवस्थापन प्रणाली लागू गरिएको उनले बताए । त्रिभुवन विमानस्थलमा हवाई यात्रुका लागि तीन सय थान ब्यागेज ट्रली सुविधा पनि थप गरिएको छ ।

ad
ad
ad
ad