१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२४:oo
  • कुनै समाधान नै नभएको घडीमा पनि शान्त र धैर्यपूर्वक सोचेर नयाँ स्टेप चाल्न सक्नु तथा प्रतिस्पर्धीको चाल बुझ्न सक्नु चेस खेलाडीको खुबी हो । यसले सोच्ने र समस्या समाधान गर्ने तपाईंको खुबी बढाइदिन्छ । 
  • एउटा सकारात्मक दृष्टिकोण विकास गर्छ, तपाईंको स्मरण शक्ति बढाउँछ, ध्यानलाई गहिरो पार्छ र सिर्जनशीलता बढाउँछ । 
  • योजना बनाउने खुबीलाई पनि यसले तिखार्छ । सारमा तपाईंमा एउटा अलग जागरण ल्याउँछ । 
  • अहिलेको समय बालबालिकालाई चेस खेलाउन निकै आवश्यक छ भन्ने लाग्छ । किनकि, बच्चादेखि नै उनीहरूको मानसिक वृद्धिविकास, समस्या समाधान गर्ने खुबी र सोच्ने क्षमता अभिवृद्धि गर्न सकियो भने भविष्यमा देशमा राम्रो जनशक्ति उत्पादन हुनेछ । 
  • आजकल विद्यार्थीहरू विभिन्न अनलाइन खेलको लतमा फसेका छन् । त्यस्ता खेलले बच्चाको मानसिक स्वास्थ्यमा प्रतिकूल असर गरेको कुरा आइरहेकै छ । तर, चेस फरक छ । चाहे साथीहरूसँग खेल्नुस् वा एक्लै कम्प्युटर वा मोबाइलमा खेल्नुस्, जहाँसुकै खेले पनि यसले नकारात्मकताबाट टाढा राख्छ र फ्रेस गराउँछ । चेसले समाजमा घुलमिल हुने तथा सम्बन्ध विकास गर्ने क्षमता अभिवृद्धि गर्छ । यो सबै उमेरका मानिसले खेल्न सक्ने खेल हो । 
ad
ad