मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ पौष ९ शनिबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चेतनामूलक कार्यक्रम गरी राष्ट्रिय सेवा दलले मनायो स्थापना दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार १३:१२:oo

ताप्लेजुङको सदरमुकाम फुङलिङमा राष्ट्रिय सेवा दल (एनसिसी)को पाँचौँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ। मार्चपास, सरसफाइ तथा आबद्ध विद्यार्थीले परेड खेलेर स्थापना दिवस मनाएका हुन्।

सो अवसरमा आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक कार्यक्रम (डेमो) प्रस्तुत गरिएको थियो। वर्षेनी आगोको चपेटामा पर्दै आएको ताप्लेजुङको मुख्य बजार वीरेन्द्र चोकमा आफ्नो घर, कोठालगायत कुनैपनि ठाउँमा आगो लागे कसरी निभाउने भन्ने सन्देशमूलक सामग्री देखाइएको हो। 

‘सबैभन्दा पहिले नआत्तिने,’ एनसिसीका विद्यार्थीले डेमो देखाउँदै भने, ‘ग्यासमा आगो लागे कम्बल, तन्ना वा कुनैपनि कपडा भिजाएर छोपिदिने। आफैं निभ्छ।’ यो विधि सबैले जान्नुपर्ने र विद्यार्थीमार्फत् अभिभावकमा पुग्ने भएकाले अरु विद्यार्थीलाई पनि देखाइएको भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले बताए।

सो अवसरमा मादक पदार्थ सेवनले परिवारमा पार्ने असरसम्बन्धी चेतनामूलक सडक नाटक पनि प्रदर्शन गरिएको थियो। विपद्को बेला एनसिसीका विद्यार्थी आफूहरुको सहयोगी बनाउने उद्देश्यले माध्यमिक तहका विद्यार्थीलाई यस्तो किसिमको तालिम प्रदान गरिन्छ। विद्यार्थी र सेनाको टोलीले सदरमुकाम फुङलिङको तोक्मेडाँडा क्षेत्रमा सरसफाइसमेत गरेको छ।