मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Thursday, 19 December, 2024
प्रतिकात्मक तस्बिर ।
रासस बर्दिया
२o७९ पौष ३ आइतबार ११:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तराईमा चिसो बढ्यो

Read Time : < 1 मिनेट
रासस, बर्दिया
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार ११:१४:oo

बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर  चलेको छ। बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ।

शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेकाे छ। शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन्। शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ। चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन्।

दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए। शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ। शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुर्‍याएको मधुवन नगरपालिका– ८ का कृषक टोपबहादुर भाटले बताए।