१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Wednesday, 03 July, 2024
२o७९ मङ्सिर २६ सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १३:४४:oo

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मूलपानीस्थित आहाले गाउँमा एक दम्पती मृत भेटिएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उनकी श्रीमती नीरमाया आलेमगर सोमबार बिहान आफ्नै घरमा मृत भेटिएका हुन्।

उनीहरूलाई स्थानीयले बिहान करिब ८ बजे मृत अवस्थामा फेला पारेका वडा नम्बर ३ का अध्यक्ष कमल आलेमगरले बताए। मृत दम्पती काठ र जस्ताको कच्ची घरमा बस्दै आएका थिए।

‘विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ। निधार र दाहिने आँखामाथि चोट लागेको छ। शरीरमा कपडा ओडिराखेको अवस्थामा छ। चोटपटक के छ भन्न सकिन्न,’ वडाध्यक्ष आलेमगरले भने, ‘नीरमायाकाे शव घरभित्रै देखिएको छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ।’ उनका अनुसार चोट लागेको ठाउँमा रगतका टाटा देखिएको छ।

मृत दम्पतीका एक छोरी र दुई छोरा छन्। छोरा काठमाडौंमा व्यवसाय गर्दै आएका र छोरीको विवाह भइसकेको स्थानीयले बताए। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली जाँदै छ। स्थानीय प्रहरी चौकी सल्यानटारबाट बिहानै प्रहरी घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए। अनुसन्धानपछि मात्रै घटनाबारे वास्तविक कुरा पत्ता लाग्ने डिएसपी खत्रीले बतााए।

ad
ad
ad
ad