१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ मङ्सिर २६ सोमबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सातौँ पर्वतीय महोत्सव सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार ११:४८:oo

हिमाली क्षेत्रका विभिन्न विषयबारे जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको सातौँ पर्वतीय महोत्सव २०७९ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारी शनिबार (डिसेम्बर ११)देखि सुरु दुईदिने महोत्सव आइतबार सम्पन्न भएको हो।

संयुक्त राष्ट्र संघले यस वर्षको पर्वतीय दिवसलाई ‘वुमन मुभ माउन्टेन’को नारासहित मनाउने निर्णय गरेको थियो। नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरा महानगरपालिका– १७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव सञ्चालन गरिएको थियो। उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले उद्घाटन गरेको महोत्सवमा विभिन्न विषयमा छलफल सँगै खेलकुद प्रतियोगिताहरूसमेत भएका थिए।

महोत्सवको दोस्रो दिन भएको ‘वुमन मुभ माउन्टेन’ विषयक छलफलमा पोखरा रहेका विभिन्न कलेजमा अध्ययनरत वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकर सहभागी भएका थिए। छलफलमा उनीहरूले हिमाली क्षेत्रमा पर्यटक जाँदा पर्यटकलाई लजिङ फुडिङको व्यवस्थापन गर्ने सँगै साँझ सांस्कृतिक कार्यक्रम गरेर हिमाली क्षेत्रमा संस्कृति जोगाउने कामसमेत महिलाहरूले गरेको बताएका थिए। रोजगारीका कारण पुरुषहरू बिदेसिने क्रम बढेकाले प्रायः सबै कामहरू महिलाले गर्नुपरेको भन्दै उनीहरूले हिमाली क्षेत्रको पर्यटनसँगै संस्कृति जोगाउन महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका उनीहरूको भनाइ छ।

महोत्सवअअन्तर्गत आयोजना गरिएको छेलो हान्ने प्रतियोगितामा रोहित सुनार प्रथम हुँदै २५ हजार,  किरण सुनार दोस्रो हुँदै १० हजार र तेस्रो भएका बादल गुरुङले पाँच हजार नगदसँगै प्रमाणपत्र पाए। यसैगरी अन्तरविद्यालय चित्रकला प्रतियोगितामा कुमुदिनी होम्सकी अभिषना पालिखे प्रथम,  सिर्जना विद्यालयका लक्ष्मण पौडेल देस्रो र कृपा गुरुङ तेस्रो भइन्।