Skip This
चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Thursday, 19 September, 2024
रासस रियाद
२o७९ मङ्सिर २५ आइतबार १७:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

Read Time : < 1 मिनेट
रासस, रियाद
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १७:o४:oo

चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ। चीनका राष्ट्रपति सी जिनपिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो।

राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन–अरब समुदायबीच सहयोग सुदृढ गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

पहिलोपटक भएको उक्त शिखर सम्मेलनले जारी गरेको रियाद घोषणापत्रमा चीन–अरब राष्ट्रबीच सहयोगका क्षेत्र विस्तार गर्ने, रणनीतिक साझेदारीलाई अझ फराकिलो बनाउन सम्भावनाको खोजी गर्ने तथा चीन–अरब राष्ट्र सहयोग मञ्चको प्रारूपअन्तर्गत आपसी सहयोगलाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

एक चीन सिद्धान्तको पालना, ताइवान चीनको अविभाज्य भूभाग भएको वास्तविकताप्रति दृढ समर्थन चीनको सार्वभौमिकसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका खातिर सहयोग गर्नेमा पनि घोषणापत्रमा विशेष जोड दिइएको छ।

सिरिया, लिबिया र यमनलगायत क्षेत्रीय संकटको राजनीतिक समाधान अन्तर्राष्ट्रिय सम्झौता र सिद्धान्तका आधारमा गर्न क्षेत्रीय एवं अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा चीन र अरब लिगका नेताहरूले आह्वान गरेका छन्।

शिखर सम्मेलनमा सहभागी नेताले युक्रेन संकटको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय बडापत्रका सिद्धान्त, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका मूल्यमान्यताअनुसार शान्तिसुरक्षा कायम गर्ने वैश्विक प्रयासमा समर्थन गर्ने बताएका छन्।