१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o५:oo

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभई उद्योग–व्यवसायमा लाग्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि सरकार गम्भीर रहेको आश्वस्त पारे।

सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धिलगायतले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको उनले प्रस्ट पारे। उनले मन्त्रिपरिषदमा निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको बताए।

‘अर्थतन्त्रमा देखिएका समस्या समाधान नभएपश्चात् प्रधानमन्त्रीसँग मन्त्रिपरिषदमा नै व्यवसायीहरूको समस्यालाई राखेर प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको छु। व्यवसायीका समस्यालाई सम्बोधनका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्न आग्रह गरेको छु,’ उनले भने, ‘व्यवसायीहरू व्यवसायमा हुनुपर्छ, सडकमा आउने होइन। व्यवसायीहरूले सडक रोज्ने होइन। कुनै पनि व्यवसायी सडकमा जानुपर्दैन। सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरूले सडक किन रोज्ने ?’

मन्त्री शर्माले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए। उनले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिनसमेत व्यवसायीलाई आग्रह गरेका छन्।

ad
ad