मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Monday, 16 December, 2024
२o७९ मङ्सिर २० मंगलबार ११:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धेरै नकआउट खेल्ने क्लोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार ११:२२:oo

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने विश्व रेकर्ड जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा छ । सन् २०१४ को ब्राजिलमा आयोजना भएको विश्वकपमा क्लोजले ब्राजिलियन खेलाडी रोनाल्डोको रेकर्ड तोडेका थिए ।

सन् २००६ मा रोनाल्डोले सर्वाधिक १५ गोलको रेकर्ड राखेका थिए । विश्वकपमा क्लोजले गोलसँगै सर्वाधिक नकआउट खेल्ने रेकर्ड राखेका छन् । क्लोजले चार विश्वकपमा १४ पटक नकआउट चरण खेल खेलेका थिए । क्लोजले सन् २००२ देखि २०१४ सम्म जर्मनी टोलीबाट प्रतिस्पर्धा गरेका थिए । 

यसक्रममा उनी एकपटक विश्व च्याम्पियन बने । सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै चौथोपटक विश्वकप उपाधि जितेको थियो । जर्मनी चौथोपटक विश्व च्याम्पियन हुँदा तत्कालीन भेट्रान स्ट्राइकर क्लोजले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २००२ मा एसियन भूमिमा विश्वकप आयोजना भएको थियो । 

जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा क्लोजले डेब्यु गरेका थिए । उनले डेब्यु विश्वकपमै पाँच गोल गर्न सफल भए । सन् २००६ मा घर (जर्मनी)मै आयोजना भएको विश्वकपमा पनि उनले पाँचै गोल गरे । सन् २०१० को दक्षिण अफ्रिकामा भएको विश्वकपमा चार गोल उनको नाममा रह्यो । सन् २०१४ को अगस्टमा उनले राष्ट्रिय टोलीबाट सन्न्यास लिए । विश्वकपमा उनी एकपटक उपविजेता बने । सन् २००६ र २०१० संस्करणमा उनले तेस्रो स्थानको पदक पाए ।

१३ वर्ष जर्मनीबाट प्रतिस्पर्धा गरेका क्लोजले एक सय ३७ खेलमा ७१ गोल गरेका छन् । जर्मन फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान उनकै नाममा छ । क्लब करिअरमा उनले पाँच सय २९ खेलमा दुई सय १२ गोल गरेका छन् । बायर्न म्युनिखबाट ९८ खेलमा २४ गोल गरेका क्लोज अहिले अल्टाच क्लबका प्रशिक्षक हुन् ।