Skip This
कतार विश्वकपमा अहिलेसम्म धेरै पहेँलो कार्ड पाउने राष्ट्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Friday, 26 July, 2024
२o७९ मङ्सिर २० मंगलबार ११:१o:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकपमा अहिलेसम्म धेरै पहेँलो कार्ड पाउने राष्ट्र

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार ११:१o:oo

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताका प्रिक्वार्टरफाइनल खेल लगभग सकिन लागेका छन् । फ्रान्स, इंग्ल्यान्ड र अर्जेन्टिनाले क्वार्टरफाइनल स्थान पक्का गरिसकेका छन् । यसपटक उच्च प्रविधि प्रयोग हुँदा खेलाडीमाथि नियम निकै कडा गरिएको छ । खेलभावनाविपरीत प्रदर्शन हुँदा रेफ्रीले कार्ड दिने गर्छन् ।

चालू प्रतियोगितामा दक्षिण कोरियाका मुख्य प्रशिक्षकले रातो कार्ड व्यहोरेका थिए । खेल समाप्तिपछि रेफ्रीसँग विवाद गर्दा उनले सीधै रातो कार्ड पाएका थिए । यसबाहेक खेलाडीहरूले चेतावनी रूपमा पहेँलो कार्ड पाएका छन् । विश्वकपमा जापान र क्रोएसियाबीचको खेलसम्मको तथ्यांकअनुसार एसियन राष्ट्र साउदी अरेबिया सर्वाधिक पहेँलो कार्ड पाउने राष्ट्र हो । 

साउदी अरेबिया
खेल: ३, गोल : ५, 
पहेँलो कार्ड :१४

कतार विश्वकप फुटबल प्रतियोगितामा पहिलो सनसनी जित निकालेको राष्ट्र साउदी अरेबिया हो । समूह चरणमा साउदी अरेबियाले दुईपटकको विजेता अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेको थियो । प्रतियोगितामा साउदी अरेबियाले पहिलो चरणमा तीन खेलमा सर्वाधिक १४ पहेँलो कार्ड पायो । साउदी अरेबियाले विपक्षी पोस्टमा पाँच गोल गरेको थियो । 

सर्बिया
खेल : ३, गोल : आठ, 
पहेँलो कार्ड : १२

युरोपियन राष्ट्र सर्बिया पनि पहिलो चरणबाटै बाहिरिएको राष्ट्र हो । एक बराबरी खेलेको सर्बिया प्रतियोगितामा दोस्रो धेरै पहेँलो कार्ड पाउने राष्ट्र बनेको छ । लामो समयपछि विश्वकपमा फर्किएको सर्बियाले १२ पहेँलो कार्ड व्यहोरेको छ । सर्बियाको पोस्टमा विपक्षी टोलीले आठ गोल गरेको थियो ।

 क्यामरुन
खेल : ३, गोल : ४, 
पहेँलो कार्ड : ८

समूह ‘जी’मा क्यामरुनले पहिलो चरणको अन्तिम खेलमा पाँचपटकको विजेता ब्राजिललाई सनसनीपूर्ण खेलमा १–० ले हराएको थियो । विश्वकप इतिहासमा क्यामरुनले पहिलोपटक ब्राजिललाई हराएको थियो र क्यामरुनले तीन खेलमा आठ पहेँलो कार्ड पायो । विपक्षी टोलीहरूले क्यामरुनको पोस्टमा चार गोल गरेका थिए । 

उरुग्वे
खेल : ३, गोल : २, 
पहेँलो कार्ड : ८

दुईपटकको विजेता उरुग्वेले समूह ‘एच’मा रह्यो । यस समूहको अन्तिम खेलमा उरुग्वेले घानामाथि फराकिलो अन्तरले जित निकाल्न नसक्दा समूह चरणबाटै बाहिरियो । यसै समूहमा दक्षिण कोरियाले पोर्चुगललाई तेस्रो खेलमा २–१ ले स्तब्ध पार्दा उरुग्वेको नकआउट चरणमा पुग्ने आशा समाप्त भयो । उरुग्वेले तीन खेलमा सर्वाधिक आठ पहेँलो कार्ड व्यहोरेको छ । 

घाना
खेल : ३, गोल : ७, 
पहेँलो कार्ड : ८

समूह ‘एच’मा अफ्रिकन राष्ट्र घाना पुछारमा रह्यो । घानाले दक्षिण कोरियालाई हराएको थियो । यसबाहेक पोर्चुगल र उरुग्वेसँग घाना पराजित भयो । अफ्रिकन राष्ट्र घानाले प्रतियोगितामा फेयर खेल खेल्न सकेन । घानाले तीन खेलमा आठ पहेँलो कार्ड व्यहोरेको छ । प्रतियोगितामा धेरै पहेँलो कार्ड पाउने राष्ट्रमा घाना पाँचौँ स्थानमा छ । 

क्यानडा
खेल : ३, गोल : ७, 
पहेँलो कार्ड : ८

लामो समयपछि विश्वकपमा स्थान बनाएको क्यानडा पहिलो चरणबाटै बाहिरियो । क्यानडाले प्रतियोगितामा एक गोल गर्न सफल भयो । विश्वकप इतिहासमा क्यानडा गोल गर्ने ७६औँ राष्ट्र थियो । क्यानडाले सात पहेँलो कार्ड व्यहो¥यो । पहेँलो कार्ड पाउने सूचीको छैटौँ स्थानमा क्यानडा हो । क्यानडाको पोस्टमा विपक्षी टोलीले सात गोल गरेका थिए । 

मेक्सिको
खेल : ३, गोल : ३, 
पहेँलो कार्ड : ७

उत्तर अमेरिकी राष्ट्र मेक्सिको चार दशकपछि विश्वकपको पहिलो चरणबाटै बाहिरियो । यसपटक मेक्सिको समूह ‘सी’मा परेको थियो । मेक्सिकोले आप्mनो समूहमा समान एक जित, हार र बराबरी खेल्यो । समूहमा पोल्यान्डसँग मेक्सिकोले समान चार अंक बराबरी गरेको थियो । तर, मेक्सिको गोलअन्तरमा पछाडि परेपछि समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा मेक्सिकोले सात पहेँलो कार्ड पाएको छ । 

अस्ट्रेलिया
खेल : ४, गोल : ६, 
पहेँलो कार्ड : ७

एसियन राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्यो । अस्ट्रेलियाले नकआउट चरणमा अर्जेन्टिनाको सामना गरेको थियो । दुईपटकको विजेता अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हरायो । चार खेल खेलेको अस्ट्रेलियाले सात पहेँलो कार्ड व्यहोरेको थियो । यसक्रममा अस्ट्रेलियाले ६ गोल व्यहोरेको थियो । 

स्विट्जरल्यान्ड
खेल : ३, गोल : ३, 
पहेँलो कार्ड : ७

समूह ‘जी’मा स्विट्जरल्यान्ड उपविजेता हुँदै नकआउट चरणमा पुगेको छ । कतार विश्वकपको डेटाअनुसार युरोपियन राष्ट्र स्विट्जरल्यान्डले समूह चरणमा फेयर खेल खेल्न सकेन । स्विट्जरल्यान्डले तीन खेलमा सात पहेँलो कार्ड व्यहोरेको छ । यसक्रममा विपक्षी खेलाडीले स्विट्जरल्यान्डको पोस्टमा तीन गोल गरेका थिए । 

इरान
खेल : ३, गोल : ७, 
पहेँलो कार्ड :  ७

एसियन राष्ट्र इरान पहिलो खेलमै इंग्ल्यान्डबाट ६–२ ले पराजित भयो । अर्को खेलमा इरानले वेल्समाथि २–० को जित निकाल्यो । विश्वकपमा सनसनीपूर्ण नतिजामध्ये इरानले वेल्समाथिको जित पनि समावेश छ । पहिलो चरणबाटै बाहिरिएको इरानले सात पहेँलो कार्ड व्यहोर्दै घर फर्कियो । सर्वाधिक पहेँलो कार्ड पाउने सूचीको लिस्टमा इरान १०औँ स्थानमा छ । 

सेनेगल
खेल: ४, गोल : ७, 
पहेँलो कार्ड : ७

अफ्रिकन राष्ट्र सेनेगलले समूह ‘ए’मा दुई खेलमा जित निकाल्दै नकआउट चरण स्थान पक्का ग¥यो । सेनेगलले कतार र इक्वेडरलाई हराएको थियो । प्रिक्वार्टरफाइनलमा सेनेगल इंग्ल्यान्डसँग ३–० ले पराजित हुँदै घर फर्किएको छ । सेनेगलले चार खेलमा सात पहेँलो कार्ड पाएको छ । सेनेगलको पोस्टमा विपक्षी खेलाडीले सात गोल गरेका छन् ।

पोल्यान्ड
खेल : ४, गोल : ५, 
पहेँलो कार्ड : ७

पोल्यान्डको यात्रा प्रिक्वार्टरफाइनलसम्मै सीमित भयो । पोल्यान्ड प्रिक्वार्टरफाइनलमा साबिक विजेता फ्रान्ससँग ३–१ ले पराजित भएको थियो । पोल्यान्डले प्रतियोगितामा चार खेल खेल्दा सात पहेँलो कार्ड पाएको छ । पोल्यान्डको पोस्टमा पाँच गोल भएको छ । पोल्यान्ड समूह ‘सी’को उपविजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको थियो । 

कतार
खेल : ३, गोल : ३, 
पहेँलो कार्ड : ७

आयोजक कतारले विश्वकप आयोजना गर्न दुई सय २० बिलियन पाउन्ड खर्च गरेको छ । तर, विश्वकपमा खराब इतिहास रच्ने क्रममा कतारले एक जित पनि निकाल्न सकेन । जितविहीन हुँदै नकआउट चरणमा पुग्न नसकेको आयोजकका रूपमा कतार पहिलो राष्ट्र बनेको छ । कतारले तीन खेलमा सात पहेँलो कार्ड पाएको छ । सर्वाधिक पहेँलो कार्ड पाउनेमा कतार १३औँ स्थानमा छ ।