१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १७ शनिबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

सिक्किमेली स्रष्टा शर्मा काठमाडौंमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार १६:५४:oo

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन्। उनलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले विभूषित गरेको हो।

मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्याय, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, वरिष्ठ कलाकार उत्तम केसीलगायतले शर्मालाई खादा, दोसल्ला, माला र सम्मानपत्रले विभूषित गरेका हुन्।

निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा शर्माले सम्मानका लागि विशेष आभारी रहेको बताए। साहित्य कुनै सीमाभित्र नबाँधिने र यसको क्षेत्र विस्तार भएको भन्दै उनले सम्मानले थप जिम्मेवारी थपिएको महसुस भएको बताए।

स्रष्टा शर्मालाई बुधबार काठमाडौंमा उर्वरा फाउन्डेसनले पनि सम्मान गरेको थियो। गीत तथा कविता लेखनमा आफूलाई सक्रिय राख्दै आएका शर्माको स्वर र संगीतमा एक दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्।

ad
ad
ad
ad