मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Monday, 15 September, 2025
२o७९ मङ्सिर १५ बिहीबार १२:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १२:५३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन्।

विराटनगर– ९ स्थित कोइरालानिवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित थप अन्य दल सहभागी हुने दाबी गरे। 

उनले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र नेताहरूसँग सल्लाह गरेर निर्णय गर्ने जानकारी दिए। उनले मुलुकको समृद्धिका लागि  सुशासन कायम गर्न  र  भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको उल्लेख गरे।
    
नेता डा. कोइरालाले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न भएको र  लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएका भन्दै धन्यवाद दिए। रासस