Skip This
दुहबीमा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Tuesday, 11 August, 2026
२o७९ मङ्सिर १४ बुधबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुहबीमा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप

सामान्य वाद-विवादमा झडप हुँदा आधा दर्जन घाइते, स्थिति सामान्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १७:२२:oo

सुनसरीको दुहबीमा बुधबार दिउँसो एमाले–कार्यकर्ताबीच झडप भएको छ। क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजयी जुलुसको क्रममा सामान्य विवाद हुँदा झडप भएको हो। 

दुहबी नगरपालिका वडा नम्बर ९ स्थित सोही वडाका वडाध्यक्षको घरनजिक दुवै पक्षबीच सामान्य विवादले झडपको स्थिति आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जनकारी दिए।

‘नेपाली कांग्रेसबाट निर्वाचित ८ नम्बर वडाध्यक्षको घरनजिकै वडाध्यक्षले बधाई आदानप्रदान गर्ने क्रममा केही अन्य व्यक्तिहरूलाई अबिर लागेको थियो,’ उनले भने, ‘हामीलाई अबिर किन लगाइयो, हिजो राति डिजे किन बजाइयो भन्दै केही व्यक्तिले सामान्य विवाद गर्न थालेपछि झडपको स्थिति आएको हो।’ 

उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहानको स्थिति आएको थियो। पछि प्रहरीले दुवै पक्षलाई करिब एक सय ५० मिटर टाढाराखेपछि मात्र अवस्था सामान्य बन्दै गएको ढकालले बताए।

उनका अनुसार अहिले अवस्था सामान्य छ। केही व्यक्ति सामान्य घाइते भएका छन्। चारजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।