Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार कीर्तिपुरमा गरेको सवारीसाधनको विशेष चेकजाँच ।
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार ०९:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यान्त्रिक अवस्था ठीक नभएका सुमो चल्छन् काठमाडौं–हेटौँडा रुटमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार ०९:१०:००

काठमाडौं–हेटौँडा रुटमा जोखिमपूर्ण यान्त्रिक अवस्था रहेका सार्वजनिक सवारीसाधन चल्ने गरेको ट्राफिक प्रहरीको चेकजाँचका क्रममा फेला परेको छ । ह्यान्ड ब्रेक नभएका, लाइटसमेत नभएका तथा कालो धुँवा फाल्ने ३० वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले सोमबार कारबाहीको दायरामा ल्याएको हो । 

२२ वटा सवारीसाधनलाई जरिवाना गरिएको र आठवटालाई थप यान्त्रिक परीक्षणका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताए । 

अवदेश विष्ट, एसपी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय 
दक्ष तालिमप्राप्त प्राविधिकसहितको टोलीबाट विशेष चेकिङ गरेका थियौँ । यसक्रममा कतिपय सवारीसाधनको ह्यान्ड ब्रेक नभएको, लाइटहरू नभएको, कालो धुँवा फाल्ने र टायर धेरै घिस्रिएको अवस्था देखियो । उनीहरूलाई कसुरअनुसार जरिवाना गराएका छौँ ।

काठमाडौंको कीर्तिपुरमा सोमबार दिउँसो ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको विशेष यान्त्रिक चेकिङ गरेको थियो । यस क्रममा अवस्था ठीक नभएका टाटा सुमो, फोर्स तथा पानीका ट्यांकरलगायत सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ती सवारीसाधन हेटौँडाबाट काठमाडौं आउँदै गरेका थिए । खासगरी सुमो गाडीले यान्त्रिक अवस्था ठीक नराख्ने गरेको फेला परेको थियो । 

कालो धुँवा फाल्ने र ह्यान्ड ब्रेक ठीक नभएका आठवटा सवारीसाधनलाई थप यान्त्रिक परीक्षण गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको एसपी विष्टले बताए । ‘हामीले दक्ष तालिमप्राप्त प्राविधिकसहितको टोलीद्वारा सोमबार दिउँसो विशेष चेकिङ गरेका थियौँ,’ एसपी विष्टले भने, ‘यसक्रममा कतिपय सवारीसाधनको ह्यान्ड ब्रेक नभएको, लाइटहरू नभएको, कालो धुँवा फाल्ने र टायर धेरै घिस्रिएको अवस्था देखियो । उनीहरूलाई कसुरअनुसार जरिवाना गराएका छौँ ।’

अवस्था ठीक नभएको सवारीसाधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारीसाधनको अवस्था चेकजाँच गर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  नायब उपरीक्षक (डिएसपी) दलराम टमाटाको कमान्डमा ट्राफिक प्रहरी टोलीले चेकजाँच गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अवस्था ठीक भएका सवारीसाधन मात्रै सञ्चालन गर्न यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई अनुरोध गर्दै आएको छ । दसैँको मुखमा पनि यसैगरी चेकजाँच गर्दा धेरै सार्वजनिक यातायातको अवस्था ठीक नभएको फेला परेको थियो । कतिपय दुर्घटना सवारीसाधनको खराब अवस्थाका कारण हुने गरेका छन् । 

तीव्र गतिमा सवारीसाधन चलाउनेलाई पनि अब ट्राफिक कक्षा
तीव्र गतिमा सवारी चलाउनेमाथि उपत्यकामा ट्राफिक प्रहरीले अब थप कडा कारबाही गर्ने भएको छ । यस्तो ट्राफिक नियमसम्बन्धी कसुरमा समेत अब ट्राफिक शिक्षासम्बन्धी कक्षा लिनुपर्ने भएको छ । 

१५ मंसिरदेखि यो नियम लागू गर्न लागिएको उपत्यका ट्राफिक कार्यालयका एसपी अवदेश विष्टले बताए । तीव्र गति तथा नागबेली शैलीमा सवारीसाधन चलाउनेलाई एक हजार जरिवानाका साथै ट्राफिक कक्षा अनिवार्य गर्न लागिएको हो । धेरैजसो दुर्घटनाको मुख्य कारण तीव्र हुने गरेको छ ।