मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

संसारको सक्कली अनुहार

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०७:०७:००

एकजना युवक फुर्सद पाउनासाथ नजिकैको आश्रममा बस्ने महात्माकहाँ पुगेर विचार–विमर्शमा डुब्थ्यो । विमर्शको क्रममा एक दिन महात्माले भने, ‘मातापिता र परिवारको भरणपोषण गर्नु हाम्रो कर्तव्य हो । तर, मायामोहवश त्यसैैमा आसक्त भएर जीवनलाई खुम्च्याउन भने हुँदैन । त्यसैले, परिवारको भरणपोषणका साथमा हामीले भगवान्को स्मरणमा पनि उत्तिकै समय दिनुपर्छ ।’ 

आफूलाई परिवारका हरेक सदस्यले प्राणझैँ माया गर्छन् र आफूविना उनीहरू मर्छन् भन्दै युवक महात्माको विचारसित सहमत हुन सकेन । उनीहरूबीच यसबारे परीक्षा गर्ने सहमति भयो । सहमतिपछि युवक घर फक्र्यो । घर पुग्नासाथ ‘पेट दुख्यो’ भनेर भुइँमा पसारियो । परिवारका सबै भेला भए । युवकले मरेँ–मरेँ भन्दाभन्दै प्राण त्याग्यो । परिवारका सबैजना रुन, कराउन थाले ।

त्यसैवेला ती महात्मा त्यहाँ आइपुगे । उनले भने– म मृतकलाई बचाइदिन्छु, मलाई अलिकति जल दिनुहोस् । खुसी हुँदै युवककी पत्नीले तुरुन्तै जल ल्याइदिइन् । महात्माले मन्त्र पढ्दै भने– ल अब तपाईंहरूमध्ये एकजनाले यो जल पिउनुहोस् । तर, याद गर्नुहोस्, जसले यो जल पिउँछ, ऊ मर्छ अनि यो युवक उठ्छ ।
उपस्थित सबैजना मुखामुख गर्न थाले । अर्को बाँच्छ भनेर को मरोस् ! छिमेकी सबै लाखापाखा लागे । युवकका पिताले भने– म यो जल अवश्य पिउँथेँ, तर म मरेँ भने श्रीमतीको के हाल होला ? माताले भनिन्– म पिउँथेँ तर म मरेँ भने यी बुढाको कन्तबिजोग हुन्छ । यिनी खानै नपाई मर्न बेर छैन । पत्नीले भनिन्– यी लालाबाला नभएको भए म पिउँथेँ । तर, यिनको सुरक्षित भविष्यका लागि पनि मैले बाँच्नु जरुरी छ । 

सबैको कुरा सुनेपछि महात्माले भने– त्यसो भए मै पिइदिऊँ त यो जल ? प्रस्ताव भुइँमा खस्न नपाउँदै सबैले एकै स्वरमा भने– हुन्छ, हुन्छ, तपाईं नै पिउनुहोस् । तपाईंको त रुने–कराउने पनि कोही छैनन् । त्यसपछि जुरुक्क उठेर युवकले भन्यो– ‘महात्माजी, मैले संसारको वास्तविकता बुझेँ ।