मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर १२ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारमा आर्थिक अभाव, न्युरो अस्पतालमा छटपटाउँदै उम्मपुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १३:५५:oo

हुम्लाको सिमकोट गाउँपालिका– २ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ। मस्तिष्कघात (प्यारालाइसिस)का कारण गम्भीर बिरामी परेकी बोहराको काठमाडौं बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

मस्तिष्कघातका कारण उनको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताए। मंसिर ५ गते गाउँनजिकैको खेतमा गाईवस्तु चराउन गएको समयमा एक्कासि बेहोस भएकी उनको बोलीसहित शरीरको दाहिने भाग चल्न छाडेको उनका छोरा सञ्जित बोहराले बताए।

आफन्तले सामान्य आर्थिक जोहो गरेर बिरामीलाई काठमाडौं पुर्‍याए पनि अहिले उपचारमा समस्या भइरहेको छोरा सञ्जितले बताए। उनले भने, ‘उपचारमा दैनिक १५ देखि २० हजारका दरले खर्च भइरहेको छ। अझै कति दिन अस्पताल राख्नुपर्छ ठेगान छैन।’ उपचारमा संलग्न चिकित्सकले बोहराको मस्तिष्कको दाहिने भागमा रगत जमेको बताए। बिरामी उम्मपुरीलाई उपचारमा सहयोग गर्न आफन्तले आग्रह गरेका छन्।

सहयोग गर्न चाहनेले विकास बोहराको नाममा रहेको सिटिजन्स बैंकको खाता नम्बर ०१७०१०००००२१३००९ मा जम्मा गर्न सक्ने वा ९८६३१४३४२७ (सञ्जित बोहरा) र ९८४००५८८१७ (विकास बोहरा)मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ।