मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ११ आइतबार १४:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङमा कांग्रेसले तीन सिट ल्याउँदा अन्यले कति ल्याए ? 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ११ आइतबार १४:४८:००

सम्पन्न आमनिर्वाचनमा मोरङमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्थानमा कांग्रेस विजयी भएको छ। सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसले मोरङको १, ३ र ६ मा विजय प्राप्त गरेको छ। यस्तै माओवादीले निर्वाचन क्षेत्र नम्बर ४ र एमालेले २ नम्बर क्षेत्रमा विजय हासिल गरेकाे छ। 

यस्तै निर्वाचन क्षेत्र ५ मा भनेर एमालेका बागी स्वतन्त्र उम्मेदवारले जित सुनिश्चित गराएका छन्। प्रतिनिधिसभातर्फ मोरङ १ मा कांग्रेसका डीकबहादुर लिम्बुले एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले पराजित गर्दै विजयी भएका छन्।
 
मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा एमालेका भानभुक्त्त ढकाललाई फराकिलो २२ हजार ७३६ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मोरङ ६ मा एमालेका लालबाबु पण्डितलाई पराकिलो १२ हजार २७८ मतले पराजित गर्दै कांग्रेसका शेखर कोइराला निर्वाचित भएका छन्। 

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतले पराजित गर्दै जित सुनिश्चित गराएका छन्। मोरङ ५ चाहिँ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले माओवादीका शिवकुमार मण्डलाई ४ हजार ३३४ मतले पराजित गर्दै जित निकालेका छन्।