१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ९ शुक्रबार ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निवर्तमान प्रदेश सभा सदस्यलाई हराउँदै सिराहा ४ (ख)मा लोसपाका यादव विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार ११:३७:oo

मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्यलाई हराउँदै सिरहा ४ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाका अनुसार पाँच दलीय गठबन्धनअन्तर्गत लोसपाका यादव तीन सय ६५ मतान्तरसहित प्रदश सभामा निर्वाचित भएका हुन्।

यादव नौ हजार सात सय ६३ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी प्रदेश सभाका निवर्तमान सदस्य तथा पूर्व राज्यमन्त्री जसपाका सुरेशकुमार मण्डलले नौ हजार तीन सय ९८ मत प्राप्त गरेका छन्। जनमत पार्टीका सुरेशकुमार यादवले आठ हजार चार सय ५४ मत ल्याएका छन्।