मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Friday, 14 August, 2026
२o७९ मङ्सिर ९ शुक्रबार o६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहा ३ (ख) मा एकीकृत समाजवादीका प्रमोद दोस्रो पटक विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o६:३५:oo

सिरहा ३ (ख) मा नेकपा एकीकृत समाजवादीका प्रमोदकुमार यादव पुनः दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संजयप्रकाश यादवले आठ हजार १४ मत ल्याएका छन् । 

२०७४ को निर्वाचनमा कांग्रेसका सुभाषचन्द्र यादवलाई पराजित गर्दै ११ हजार नौ सय ५४ मतसहित प्रदेशसभामा निर्वाचित प्रमोद मधेश प्रदेश सरकारमा वर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री समेत हुन् ।