१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल सुर्खेत
२०७९ मङ्सिर ८ बिहीबार १९:३८:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभा : १५ ठाउँको नतिजा, कहाँ, कसले जिते ?

Read Time : > 3 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ मङ्सिर ८ बिहीबार १९:३८:००

कर्णाली प्रदेशमा २४ प्रदेश निर्वाचन क्षेत्र र १६ जना समानुपातिकबाट निर्वाचित भएर ४० सदस्यीय प्रदेश सभा छ।

कर्णालीमा हालसम्म १५ प्रदेश सभाको निर्वाचन क्षेत्रको मत परिमाण सार्वजनिक भएको छ। हालसम्म नतिजा सार्वजनिक भएकामध्ये एमाले चारवटा प्रदेश सभा र कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ४ वटा र स्वतन्त्र एउटा स्थानमा विजयी भएका छन्।

एमाले जितेका 

सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी भएका छन्। कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित भए। 

जुम्ला प्रदेश सभा ‘ख’ मा टेकराज पछाई सात हजार आठ सय १५ मतले विजयी भएका छन्। उनले एकीकृत समाजवादीका पदम रोकायलाई पराजय गरेका हुन्। रोकायले छ हजार सात सय २२ मत प्राप्त गरे। पछाई एमाले प्रदेश कमिटी उपसचिव हुन्। 
डोल्पा (क) बाट नेकपा एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा  निर्वाचित भएका छन्।  उनले २ हजार २७८ मतान्तरले जितेका हुन्। बुढाले ४ हजार ७४३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसको डोल्पा सभापति शाहीले २ हजार ४६५ मत ल्याएका छन्।

दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भएका छन्। उनले नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाह ९ हजार ४ सय ६४ मतसहित निर्वाचित हुँदा योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाए।

कांग्रेसले जितेका स्थान

दैलेख क्षेत्र नं १ (१) बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरे। उनले नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्वमाओवादी रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे। 

दैलेख क्षेत्र नं. प्रदेश सभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी भए। उनले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाए।

यस्तै, दैलेख क्षेत्र नं २ (१) तर्फ पनि कांग्रेसका घनश्याम भण्डारी विजयी भए। एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराए। भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरे।
 
जाजरकोट प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भए। सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गरे।

जाजरकोटकै प्रदेश सभाअन्तर्गत ‘ख’ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भए। उनले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाए।

सल्यान प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तरले विजयी भएका छन्। अधिकारीले २० हजार ४०८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त ल्याए। 

सुर्खेत एक क्षेत्र नम्बर एक ‘क’ बाट नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापति खड्कप्रसाद पोखरेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ठम्मर विष्टलाई पराजित गरेका हुन्।

माओवादीले जितेका 

कालिकोट प्रदेश सभा ‘क’ मा नेकपा माओवादी केन्द्र साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन्।

रावतले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे। दुर्गबहादुर रावत ९ हजार ११ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरे।

सुर्खेत– २ प्रदेश सभा (२) मा  माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भएका छन्। विष्ट नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए। गौतमले ९ हजार ३३४ मत पाए।

सुर्खेत निर्वाचन क्षेत्र १ ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर जिसी ‘जितेन्द्र’ ४१९६ मतान्तरले विजयी भएका छन्। उनीसँग प्रतिस्पर्धा गरेका एमालेका डण्डीप्रसाद शर्मा पराजित भएका छन्।

सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीमप्रकाश शर्मा विजयी भएका छन्। शर्मा ८ हजार १८ मतान्तरका साथ विजयी भएका हुन्। उनले २२ हजार २४३ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गरे। 

स्वतन्त्र

कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजंग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरे। जुम्ला प्रदेश सभा (१) मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भए।

विगतमा कस्तो थियो ?

विगतमा कर्णाली प्रदेश सभामा एमालेले प्रदेश सभामा २० सदस्य रहेका थिए। १५ प्रतक्ष्यतर्फबाट ५ जना समानुपातिक सदस्य रहेका थिए। एमाले विभाजनपछि चारजना प्रत्यक्ष निर्वाचित भएका कारबाहीमा परेका थिए भने समानुपातिकमा रहेका तीनजनाले एकीकृत समाजवादीमा लागेर १३ जना एमाले प्रदेश सभा सदस्य बाँकी थिए। 

माओवादी केन्द्रका ९ जना प्रत्यक्ष र ४ जना समानुपातिक गरेर १३ जना रहेका थिए। तीमध्ये दुईजनाले एमाले रोजेका थिए। ११ जना प्रदेश सभा सदस्य रहेका थिए। 

नेपाली कांग्रेसले एउटा मात्र प्रदेश सभा निर्वाचित भएको थियो भने ५ पाँचजना समानुपातिक सभासद भएका थिए।राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा समानुपातिक सिटमा विजयी भएको थियो।